काठमाडौं । खाना पकाउने एलपी ग्यास सिलिन्डर जोखिमपूर्ण अवस्थामा भेटिएको छ। गुणस्तर तथा नापतौल विभागले गरेको अनुगमनमा ग्यास ‘सिलिन्डर बम’ जस्तै जोखिमपूर्ण अवस्थामा भेटिएका हुन्।
कुनै पनि बेला विक्रेताको पसलसहित उपभोक्ताको भान्छामा सिलिन्डरविस्फोट हुन सक्ने अवस्थामा फेला पारिएको विभागका अधिकारीले बताए। एलपी ग्यास बोटलिङ प्लान्टमा तयार गरी विभागले कार्यान्वयनमा ल्याएको नेपाल गुणस्तर ५३३ मा आबद्ध उद्योगबाटैगम्भीर त्रुटि भेटिएको छ।
नेपाल गुणस्तर प्रमाणपत्र प्राप्त गरेका उद्योगबाटै सिलिन्डर बम उत्पादन भइरहेको छ। धादिङस्थित सिद्धार्थ र ओम तथा बालाजुस्थित नेपाल ब्रान्डको उद्योगले गम्भीर त्रुटि गरेको भेटिएको छ। विभागका महानिर्देशक विश्वबाबु पुडासैनीका अनुसार सिद्धार्थ, ओम र नेपालको सिलिन्डर लिकेज परीक्षणबिना बजारमा पठाइएको थियो।
सिलिन्डरमा ग्यास भरिसकेपछि सुरक्षा परीक्षण गर्नुपर्नेमा उद्योगीले उच्च जोखिमका रूपमा रहेको लिकेजसम्बन्धी परीक्षण नगरी सोझै बजारमा पठाएको पायौं, विभागका महानिर्देशक पुडासैनीले भने, ‘गुणस्तरसम्बन्धी प्रमाणपत्र लिएका उद्योगबाटै गम्भीर त्रुटि भेटिएको हो।’ यो समाचार आजको अन्नपूण पोष्टमा प्रकाशित छ ।
प्रतिक्रिया दिनुहोस