काठमाडौं । इन्धनमा लगाएको करबाट बूढीगण्डकी जलविद्युत् आयोजनालाई ३७ अर्ब रुपैयाँभन्दा बढी संकलन भएको छ। बुढीगण्डकी आयोजना बनाउने भन्दै सरकारले आर्थिक वर्ष २०७२/७३ जेठदेखि इन्धनमा कर लगाउन थालेको हो।
आयल निगमका नायब कार्यकारी निर्देशक नागेन्द्र साहका अनुसार २०७२/७३ को डेढ महिनामै १ अर्ब १६ करोड ३५ लाख रुपैयाँ संकलन भएको थियो । २०७३/७४ मा ९ अर्ब ४२ करोड ७६ लाख, २०७४/७५ मा बढेर ११ अर्ब ३५ करोड ८१ लाख रुपैयाँ संकलन भएको छ।
२०७५/७६ मा ११ अर्ब ९५ करोड ६ लाख र चालु आर्थिक वर्षको साढे ३ महिनामा ३ अर्ब २६ करोड ७६ लाख रुपैयाँ संकलन भएको साहले बताए। तत्कालीन अर्थमन्त्री विष्णु पौडेलले उपभोक्तालाई प्रत्यक्ष भार नपर्ने गरी भन्सार विन्दुमै प्रतिलिटर ५ रुपैयाँका दरले कर लगाउने निर्णय गरेका थिए । यो समाचार आजको कान्तिपुर दैनिकमा प्रकाशित छ ।
प्रतिक्रिया दिनुहोस