aarthiknews.com आइतबार, २४ जेठ २०८३   Sunday, 07 June, 2026
 

स्याउ हेर्ने मनाङ जाँदै हुनुहुन्छ ? टिकट काट्न नभुल्नुहोस् है

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, १९ कार्तिक २०७६
स्याउ हेर्ने मनाङ जाँदै हुनुहुन्छ ? टिकट काट्न नभुल्नुहोस् है

लमजुङ । अब स्याउ खान मात्रै होइन, हेर्न पनि टिकट लाग्ने भएको छ । हिमाली जिल्ला मनाङको मनाङ डिस्याङ गाउँपालिका १ भ्राताङस्थित एग्रो मनाङ प्रालिले यस्तै नियम लागू गरेको छ। 

आन्तरिक पर्यटकले प्रतिव्यक्ति २ सय र बाहय पर्यटकले प्रतिव्यक्ति ४ सय रुपैयाँ तिर्नुपर्छ। लमजुङ बेंसीसहरका रवि कायस्थले २ सय रुपैयाँको टिकट काटेर बगानमा फलेको स्याउ हेरेको बताए। 

टिकट काटेबापत उनले २ वटा स्याउ पनि पाए। २ सय रुपैयाँ तिरें। कुनै मनखत लागेन, उनले भने, ‘यति ठूलो स्याउबारी । लोभै लाग्ने दाना। मज्जाले फोटो खिचें। बगान घुमें र फर्किएँ।’ 

एग्रोले स्याउबारीमा पर्यटन प्रवर्द्धन टिकट प्रणाली लागू गरेको छ। दक्षिण एसियामै ठूलो दाबी गरिएको एग्रो मनाङको ७ सय ३५ रोपनी जग्गामध्ये ४ सय ५० रोपनीमा स्याउबारी छ। इटली र सर्भियाबाट ल्याएर स्याउ रोपिएको हो। स्याउ हेर्न दिनहुँ पर्यटकको भीड लाग्ने स्याउ फार्मका म्यानेजर पञ्च गुरुङले बताए ।
‘विदेशी पर्यटक १०र१५ जना दैनक टुट्दैनन् । स्वदेशी पर्यटक ४०र५० जनाले हेर्छन्’ उनले भने, ‘पर्यटकलाई स्याउले लोभ्याएको छ। अहिले फल्दै गरेका स्याउभन्दा यो स्याउका बोटहरू फरक र फल्ने तरिका पनि फरक भएकाले पर्यटकको आकर्षण बढेको छ।’ 

कीराले नखाएको दाना बोटमा सुन्दर देखिंदा पर्यटक लोभिएको उनले बताए। उनका अनुसार स्याउका दाना एकनासका छन् । स्याउ बारीमा फोहोर गर्न दिइएको छैन । ‘केहीले दिनभरि स्याउबारीमें बिताएर फोटो र भिडियो खिचेर लाने गरेका छन् ।’ यो समाचार आजको कान्तिपुर दैनिकमा प्रकाशिकत छ ।

प्रतिक्रिया दिनुहोस