जनकपुर । रेल सञ्चालनको तयारीमा रहेको जनकपुर-जयनगर रेल्वे ट्रयाक दीर्घकालीन नहुने देखिएको छ । यो रेलमार्ग नजिक पर्ने कमला नदीमा तटबन्ध नहुँदा रेल्वे ट्रयाक वर्षात् मा बाढीको चपेटामा पर्ने देखिन्छ ।
असारको बर्खामा जनकपुर जयनगरको रेल्वे ट्रयाकको करिब पाँच किलोमिटर क्षेत्रफल डुवानमा परेको थियो । नेपाल भारत सीमा क्षेत्रमा पर्ने धनुषाको इनरुवातर्फ एक सय मिटर लिंक पूर्ण रुपमा बाढीले क्षतिग्रस्त भएको थियो ।
रेल विभागका अनुशार बाढीले जनकपुर-जयनगर रेलमार्गमा करिब अड करोड रुपैयाँको क्षति पुगेको छ । यो समाचार आजको अन्नपुर्ण पोष्ट्मा प्रकाशित छ ।
प्रतिक्रिया दिनुहोस