aarthiknews.com आइतबार, २४ जेठ २०८३   Sunday, 07 June, 2026
 

५ अर्बको व्यापारिक मार्ग निर्माणको काम तेस्रोपटक म्याद थप्दा पनि अधुरै

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, १९ कार्तिक २०७६
५ अर्बको व्यापारिक मार्ग निर्माणको काम तेस्रोपटक म्याद थप्दा पनि अधुरै

काठमाडौं । पथलैया–वीरगञ्ज व्यापारिक मार्ग निर्माणको म्याद तेस्रोपटक थप गरेर पनि ५५ प्रतिशतमात्र काम सम्पन्न भएको छ ।  २०७३ असारमा सुरु भइ ३० महिनाभित्र निर्माण सम्पन्न भइसक्नुपर्ने सम्झौता भएपनि आयोजनाको काम अझै आधा बाँकी छ । 

२०७३ असार २९ गतेबाट निर्माण सुरु भएको यो मार्गअन्तर्गत ७ प्याकेज छन् भने ५ अर्ब २० करोडमा ठेक्का सम्झौता भएको हो ।  यसपटक म्याद थपिएपनि निर्माण कम्पनीको कार्य सुस्त बनेपछि अझै तीन वर्षमा पनि आयोजना सम्पन्न हुने अवस्था देखिँदैन । 

६ लेनको उक्त मार्ग निर्माणमा सरकारी निकायको अनुगमन नै फितलो बनेपछि पथलैया–वीरगञ्ज व्यापारिक मार्ग यतिबेला अन्योलमा परेको हो । यो समाचार आजको कारोबार दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस