aarthiknews.com आइतबार, २४ जेठ २०८३   Sunday, 07 June, 2026
 

दैलेखमा पेट्रोलियम पदार्थको अन्वेषण गर्दै चिनियाँ टोली

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, १९ कार्तिक २०७६
दैलेखमा पेट्रोलियम पदार्थको अन्वेषण गर्दै चिनियाँ टोली

दैलेख । पेट्रोलियम पदार्थको दोस्रो चरणको अन्वेषणका लागि दैलेख आएको चिनियाँ प्राविधिकको टोलीले काम सुरु गरेको छ । दुई देशबीचको सम्झौता अनुरुप यहाँ आएको टोलीले सिस्मिक, जिओलोजिकल र म्याग्नेट सर्वेलगायतका कामहरु सुरु गरेको हो ।

प्रारम्भिक चरणको अध्ययन गरिसकेको अनुसन्धान टोलीले अब ३ महिना जिल्लामै बसेर अन्वेषण गर्नेछ । यसका लागि प्राविधिक टोलीले आफ्नो बेस क्याम्प नै निर्माण गरिसकेको छ । यो समाचार आजको आर्थिक अभियान दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस