aarthiknews.com आइतबार, २६ जेठ २०८२   Sunday, 08 June, 2025
 

धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति प्रक्रियाप्रति लगानीकर्ताद्वारा खबरदारी

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, १९ कार्तिक २०७६
धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति प्रक्रियाप्रति लगानीकर्ताद्वारा खबरदारी

काठमाडौं । नेपाल धितोपत्र बोर्डको नयाँ अध्यक्ष नियुक्तिको विषयमा लगानीकर्ताले चासो दिएका छन् । शेयर बजार विषम परिस्थितिमा गुज्रिरहेका बेला बजारलाई सही दिशा प्रदान गर्न सक्ने हुनुपर्नेमा शेयर लगानीकर्ता दबाब समूहले जोड दिएको हो ।

 दबाब समूहले प्रेस विज्ञप्ति जारी गरी नयाँ अध्यक्ष पुँजी बजारसँग सम्बन्धित दक्ष ज्ञान भएको हुनुपर्ने लगानीकर्ताको माग छ । आर्थिक रुपमा पारदर्शी, अनुभवी र सुझाब समितिले प्रस्तुत गरेको ५८ बु“दामध्ये कार्यान्वयन हुन बाँकी रहेका लगानीकर्ताका मागलाई कार्यान्वयन गर्न सक्ने हुनपर्नेमा समेत लगानीकर्ताले जोड दिएका छन् ।

अर्थतन्त्रको ऐनाको रुपमा रहेको पुँजी बजारको नियामक निकायको नेतृत्वविहीन अवस्था धेरै लामो समय रहन नहुने भन्दै दबाब समूहले नियुक्ति प्रक्रियालाई चाँडो टुंग्याउन माग गरेको छ । 

नियुक्ति प्रक्रियामा विचौलिया हाबी भई चलखेल हुन सक्ने भन्दै सचेत रहन अर्थ मन्त्रालयलाई खबरदारी समेत दबाब समूहले गरेको छ । चार वर्षे कार्यकाल समाप्त गरी गत असोज मसान्तदेखि डा. रेवतबहादुर कार्की बिदा भएसँगै नेपाल धितोपत्र बोर्डको अध्यक्ष पद खाली छ ।

प्रतिक्रिया दिनुहोस