aarthiknews.com आइतबार, २६ जेठ २०८२   Sunday, 08 June, 2025
 

कँडेलको चेतावनीपछि नेपाल एयरलाईन्सले हटायो गलत सूचना

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, १९ कार्तिक २०७६
कँडेलको चेतावनीपछि नेपाल एयरलाईन्सले हटायो गलत सूचना

काठमाडौं। पब्लिक इनोभेटर तथा नागरिक उड्ययन क्षेत्रका विज्ञ ई. दिपेन्द्र कँडेलले चेतावनी दिएपछि नेपाल वायु सेवा निगमले त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलमा ड्युटी-फ्री सम्बन्धी आफ्नो वेबसाईटमा राखेको गलत सूचना हटाएको छ । कँडेलले हिजोमात्रै रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै तत्काल गलत सुचना हटाउनको लागि ४८ घण्टे अल्टिमेटम दिएका थिए ।

उनले हुँदै नभएको सूचना राखेर स्वदेश तथा विदेशी यात्रुहरुलाई दिउँसै ठग्ने काम गरेको भन्दै निगमका कार्यकारी अध्यक्ष मदन खरेललाई सरकारले अविलम्ब निलम्बन गर्नुपर्ने माग समेत गरेका थिए । तर, ८ घण्टा नबित्दै नेपाल वायु सेवा निगमले उक्त गलत सूचना हटाएको कँडेलले जनाए ।

प्रतिक्रिया दिनुहोस