aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

भारतमा खराव प्रदर्शन गर्ने निजि बैंकका कर्मचारीले अब मोटो रकम लिन नपाउने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, १९ कार्तिक २०७६
भारतमा  खराव प्रदर्शन गर्ने निजि बैंकका कर्मचारीले अब मोटो रकम लिन नपाउने

एजेन्सी । भारतीय रिजर्व बैंकले निजि बैंकको सीईओको तलब घटाउने भएको छ । रिजर्व बैंकको संचालक समितिको बैठकले खराव प्रदर्शन गर्ने निजि बैंकको सीईओ लगाएत उच्च अधिकारीहरुले लिदै आएको मोटो रकम घटाउने निर्णय गरेको  हो । 

रिजर्व बैंकको सोमवार बसेको बैठकले निजि र बिदेशी बैंकका सीईओ,पूर्णकालीन निर्देशक तथा मैटेरियल रिस्क टेकर्सले पाउने तलबमा संसोधन गरेको छ ।यो नियम १ अप्रिल २०२० बाट लागु हुने छ ।

रिजर्व बैंकले संसोधन गरेको बुदामा यदि कुनै बैंकको वित्तीय प्रदर्शन खराव भयो भने उक्त बैंकको प्रमुख व्यक्तिले पाउने वैरिएबल कम्पेनसेशनको फिल्ड अंश  पूर्णरुपमा नपाउने हुन सक्ने बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस