सिन्धुली । कमलामाई नगरपालिका ४ ढुङग्रेबासका राजकुमार श्रेष्ठ नेपाल आर्मीको जागिर छाडेर बाख्रा पालनमा रमाइरहेका छन् ।
कुनै बेला देश र जनताको सेवामा समर्पित राजकुमारको अहिले दैनिकी फेरिएको छ।
उनको दैनिकी बाख्राको खोरबाट नै सुरु हुन्छ अनि अन्त्य पनि । दिनभरी यही बाख्राको रेखदेख र आहारा, पानी दिनमा उनी व्यस्त हुन्छन् । जागिर छाडेर त्यसै घरमा बसिरहेका राजकुमारलाई चितवन जिल्लाको बाख्रा फर्म हेरेपछि बाख्रा पालन गर्न इच्छा लाग्यो । त्यसपछि जिल्लाकै पनि अन्य बाख्रा फर्महरुको अवलोकन गरेपछि बाख्रा पालन नै गर्ने निधोमा पुगेको बताउँछन् ।
केही त गर्नुपर्छ, भनिरहेको थिए, तर के गर्ने भन्ने निश्कर्षमा पुग्न चितवनको बाखा फर्मले मद्दत गर्यो ।’ उनले भने, “मेहनत गर्न सके बाख्रा पालन आम्दानीको राम्रो माध्याम रहेछ।’ उनले यसरी व्यवसाय सुरु गरेपछि स्थानीय ३ जनाले मासिक १५ हजार रुपैयाँ तलबमा रोजगारी समेत पाएका छन्।
प्रतिक्रिया दिनुहोस