aarthiknews.com आइतबार, २४ जेठ २०८३   Sunday, 07 June, 2026
 

५० वटा चार्जिङ स्टेसनका लागि बोलपत्र २ हप्ता भित्र

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २० कार्तिक २०७६
५० वटा चार्जिङ स्टेसनका लागि बोलपत्र २ हप्ता भित्र

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले देशभर ५० स्थानमा विद्युतीय चार्जिङ स्टेसनका लागि बोलपत्र आह्वान गर्ने भएको छ। 

प्राधिकरणले १५ दिनभित्र चार्जिङ स्टेसन सञ्चालन गर्नका लागि बोलपत्र आह्वान गर्न लागेको हो। ऊर्जा दक्षता एवं चुहावट नियन्त्रण विभागका सहायक प्रबन्धक सागरमणि ज्ञवालीले प्राधिकरणले बोलपत्र आह्वान गर्नका लागि सम्पूर्ण कागजात तयार पारिसकेको १० देखि १५ दिनभित्र चार्जिङ स्टेसन सञ्चालनका लागि बोलपत्र आह्वान गर्न लागेको जानकारी दिए। 

‘चार्जिङ स्टेसन सञ्चालनका लागि आवश्यक पर्ने सम्पूर्ण कागजात तयार भइसक्यो,’ उनले भने, ‘सम्भवत् १० देखि १५ दिनभित्र चार्जिङ स्टेसन सञ्चालन गर्नका । लागि बोलपत्र आह्वान गर्नेछौं।’ उनका अनुसार देशभर ५० वटा ‘विद्युतीय चार्जिङ स्टेसन निर्माणका लागि बोलपत्र आह्वान गरिनेछ ।’

‘अहिलेसम्म ४५ वटा कम्पनी विद्युतीय चार्जिङ स्टेसन बनाउन इच्छुक देखिएका छन्,‘’ उनले भने, ‘अब टेन्डर प्रक्रियाबाट नै छनोट प्रक्रिया अघि बढाइनेछ।’ प्राधिकरणले सबै प्रकारका विद्युतीय सवारी साधनलाई सार्वजनिक ‘डिसी बुस्ट चार्जिङ’ मार्फत दुत गतिमा चार्ज गर्ने संरचना निर्माणका लागि चार्जिङ स्टेसनको खोजी गरिरहेको छ। यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस