aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

भारतमा राजस्व कार्यालभित्र महिला अधिकारीलाई जिउँदै जलाइयो

  • बीबीसी
    बीबीसी
  • बुधबार, २० कार्तिक २०७६
भारतमा  राजस्व कार्यालभित्र महिला अधिकारीलाई जिउँदै जलाइयो

दक्षिण भारतीय राज्य तेलङ्गानामा सम्पत्तिसम्बन्धी एउटा विवादमा एक राजस्व अधिकारीलाई जिउँदै जलाएर हत्या गरिएको प्रहरीले बताएको छ। विजया रेड्डी नामक ती महिला अधिकारीको सरकारी कार्यालयभित्र सोमवार आक्रमण भएकै स्थानमा मृत्यु भएको थियो।

उनलाई जोगाउन खोज्ने एक पुरुषको कर्मचारीको मङ्गलवार उपचारका क्रममा मृत्यु भएको छ। घटनास्थलमा खिचिएको एउटा हृदयविदारक भिडिओमा रेड्डीले गुहार मागेको र कसैले उनको शरीरमा एउटा कम्बल ओढाइदिएको दृश्य देखिन्छ।

प्रहरीले सन्दिग्ध आक्रमणकारीलाई नियन्त्रणमा लिइएको जनाएको छ। ती व्यक्तिको शरीर पनि आगोले पोलेको छ। मवार दिउँसो १:३० बजेतिर अदालतको एउटा सुनुवाइबाट फर्किएपछि रेड्डीमाथि साङ्घातिक आक्रमण गरिएको थियो।

उनकै कार्यालयमा भेट्न आएका के सुरेश नामक व्यक्तिले उक्त आक्रमण गरेको प्रहरीको भनाइ छ।

प्रतिक्रिया दिनुहोस