aarthiknews.com आइतबार, २६ जेठ २०८२   Sunday, 08 June, 2025
 

पर्सामा गाेली चल्यो, बनेपाबाट अपहरित बालकको उद्धार गरेको प्रहरीको दावी

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २० कार्तिक २०७६
पर्सामा गाेली चल्यो,  बनेपाबाट अपहरित बालकको उद्धार गरेको प्रहरीको दावी

वीरजञ्ज । पर्सामा प्रहरीले बालक अपहरण गर्ने गिरोहमाथि गोली चलाएको छ । दश दिनअघि बनेपाबाट अपहरणमा परेको एक बालकको उद्धार गर्ने क्रममा अपहरणकारीलाई गोली हानेर उनको उद्धार गरेको दावी गरेको छ ।

उद्धार गरिएको बालकको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी प्रवक्ता डिएसपी गौतम थापाले जानकारी दिए। ।

ती बालक दश दिन अघि बनेपाबाट अपहरण भएको प्रहरीकाे भनाइ छ । अपहरीकारी को हुन भन्नेबारे खुल्न सकेको छैन् । यद्यपि अपहरणकारीको साथबाट एकथान पेस्तोल भने बरामद गरिएको प्रहरीले जनाएको छ । पर्सा प्रहरीले यसबारे जानकारी दिन बिहान १० बजे पत्रकार सम्मेलन गर्दैछ ।

प्रतिक्रिया दिनुहोस