
काठमाडाैं । झुट्टा तथा नक्कली विजक प्रयोग गरी राजस्व छलि गर्ने नेपाल दोङ्गहवा कन्स्ट्रक्सन इन्जिनियरिङ्ग कम्पनी उपर राजस्व चुहावट गरेको अभियोगमा तेह्र करोड तेह्र लाख एघार हजार छ सय सतहत्तरविगो कायम गरी विगोको दोब्बरसम्म जरिवाना र ३ वर्ष कैद मागदावीसहित बुधबार काठमाण्डौ जिल्ला अदालतमा मुद्दा दर्ता गरेकाे छ ।
उक्त कम्पनीका संचालकहरु याङ लिन, शे श्याङजुन, वे देगुइ र सुविन श्रेष्ठलाई उल्लिखित कसुर अपराधमा राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ को दफा २३ को उपदफा १ र ३ वमोजिम विगो रकम उपर गराई विगोको दोब्बरसम्म जरिवाना गरी ३ वर्षसम्म कैद सजाय हुन माग दावी गर्दे बिहीबार गरेको हो ।
आय लुकाई कानून बमोजिम मुनाफा वितरण गर्दा लाग्ने लाभांश कर, आयकर र आय लुकाई कानून बमोजिम मुनाफा वितरण गर्दा लाग्ने लाभांश करसमेत गरि हुने जम्मा विगो तेह्र करोड तेह्र लाख एघार हजार छ सय सतहत्तर राजस्व चुहावट गरेको राजस्व अनुसन्धान विभागले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस