
काठमाडौं । अर्थ मन्त्रालयले नेपाल धितोपत्र बोर्डको अध्यक्ष छनोट गर्नका लागि तीन सदस्यीय छनोट समिति गठन गरेको छ । मन्त्रालयले राष्ट्रिय योजना आयोगका सदस्य डा. रामकुमार फुयाँलको संयोजकत्वमा समिति गठन गरेको हो ।
समिति सदस्यमा राजस्व सचिव शिशिर ढुंगाना र नेपाल चाटर्ड एकाउटेन्ट एसोसिएसनका अध्यक्ष कृष्णप्रसाद आचार्य रहेका छन् । छनोट समितिले आवेदन आह्वान गर्ने छ । समितिले इच्छुक उम्मेवारसँग अन्तर्वार्ता र प्रस्तुतिका आधारमा तीन जनाको नाम सिफारिस गरी त्यो नामलाई अर्थमन्त्रीले मन्त्रिपरिषद्मा लैजानेछन् । त्यसपछिमात्रै मन्त्रिपरिषद्ले एक जनालाई निर्णय गर्नेछ । यस अघिका बोर्ड अध्यक्ष डा. रेवतबहादुर कार्कीको चार वर्षे कार्यकाल असोज मसान्तमा सकिएपछि बोर्डको अध्यक्ष पद खाली छ ।
प्रतिक्रिया दिनुहोस