
कञ्चनपुर । कञ्चनपुरको बेदकोट नगरपालिका–१ चम्फापुरकी एक किशोरी दुई दिनदेखि बेपत्ता भएकी छिन् । मंगलबार बिहान मर्निङ वाक गएकी १५ वर्षिया सपना पाल बेपत्ता भएकी हुन् । परिवारले उनको अपहरण भएको आशंका गरेको छ ।
प्रहरीका अनुसार बिहान वाकमा गएकी सपना नफर्केपछि आफन्तले खोजीका लागि निवेदन दिएका छन्। उनीहरुले मंगलबार दिउँसै अस्थायी प्रहरी बिट चम्फापुरमा निवेदन दिएका हुन्।
सोमबार साँझ सपनाले नै आमा ममताको मोबाइलमा आफूलाई अपहरण गरी बाँधेर राखेको र छिट्टै छुटाउन भन्दै म्यासेज गरेकी थिइन्। सोही म्यासेजका आधारमा उनको अपहराण भएको आशंका गरिएको छ।
‘घरको दोस्रो तलामा बाँधेको छ, कहाँ हो भन्ने थाहा छैन,’ सपनाले गरेको म्यासेजको ब्योहोरा बताउँदै ममताले भनिन्, ‘कहिले पुरुष आउँछ, कहिले महिला आउँछिन्, मलाइ छिट्टै छुटाएर लैजानुस।’
प्रतिक्रिया दिनुहोस