aarthiknews.com आइतबार, २६ जेठ २०८२   Sunday, 08 June, 2025
 

‘१७ औं हस्तकला व्यापार मेला’ मङ्सिर १२ देखि १६ सम्म हुदै

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २० कार्तिक २०७६
‘१७ औं हस्तकला व्यापार मेला’ मङ्सिर १२ देखि १६ सम्म हुदै

काठमाडौं । १७ औं हस्तकला व्यापार मेला तथा १५ औं हस्तकला प्रतियोगिता आगामी मंसिर १२ देखि १६ गतेसम्म हुने भएको छ ।

उद्योग वाणिज्य तथा आपर्ती मन्त्रालय, काठमाडौँ महानगरपालिका, ललितपुर महानगरपालिका, नेपाल पर्यटन वोर्ड, नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नविल बैंक, नेपाल चेम्बर अफ कमर्श, ललितपुर उद्योग वाणिज्यमहासंघ लगायतको संयोजन तथा नेपाल हस्तकला महासंको आयोजनामा आगामी मङ्सिर १२ देखि १६ गतेसम्म भकटीमण्डपमा मेला आयोजना गर्न लागेको हो ।

महासंघले आज पत्रकार सम्मेलन गरी नेपालका हस्तकला उद्यमीबाट उत्पादित सामानलाई देश तथा विदेशमा प्रवर्द्धन गर्ने उद्देश्यका साथ मेला आयोजना गर्न लागेको बताए ।

मेलामा नेपाली उद्यमी व्यवसायी, निर्यातकर्ता र आयातकर्ताका बीचमा व्यवसायीक सम्बन्ध विकास गर्न, नेपाली उद्यमीलाई कम खर्चमा अन्तराष्ट्रियस्तरको व्यापार मेलामा सहभागीता गर्ने, व्यापार मेलाको माध्यामबाट नेपाली कला संस्कृतिको प्रचारप्रसार गर्न मेला आयोजना गरिएको मेलाका महासंका निवर्तमान अध्यक्ष एवं संयोजक धर्मराज शाक्यले जानकारी दिए  । उक्त मेलामा १ करोड बजेट खर्च हुने अनुमान गरेको शाक्यले बताए । 

त्यस्तै आर्थिक बर्ष २०७५÷७६ मा ४ प्रतिशत हस्तकलाको सामग्री आयात भएको निकासी तथा प्रवद्र्धन केन्द्र निमित्त कार्यकारी निरीक्षक सुयश खनालले जानकारी दिएका छन् । उनले भने, अन्तराष्ट्रिय रुपमा हस्तकलाको ठुलो भूमिका रहेको छ । नेपालमा मात्रै नभएर नेपाल बाहिर कसरी प्रवद्र्धन गर्न सकिन्छ भनेर केन्द्र लागेको बताए । 

नेपाली हस्तकला वस्तुको आन्तरिक वस्तुको बजारमा करिब १० अरब बराबरको खरिद भईरहेको छ । सोही रकमको हाराहारीमा भारत लगायत तेश्रो मुलुकहरुमा र्नियात भइरहेको छ । संयुक्त राज्य अमेरिका, युरोपियन मुलुकहरु, चीन, जापान, भारत लगायतका मुलुकहरुमा २५ भन्दा बढी विभिन्न प्रकारका हस्तकला वस्तुको र्नियात भइरहेको खनालले जानकारी दिए । 

मेलामा आठ प्याभिलियनसहित २०० कक्ष रहनेछन् । मेलामा ७७ वटै जिल्ला हस्तकलाको सहभागीता रहनेछ । मेलामा छिमेकी मुलुक भारत, चीन, अमेरिका, जापानलगायतका युरोपका विभिन्न मुलुकमा २० भन्दा बढी स्टल रहनेछन् भने बाँकी नेपाली स्टल हुनेछन् ।

नेपालको हस्तकला हाल विश्वका अधिकाशं मुलुकमा निर्यात हुँदै आएको छ । मेलामा धातुकला, सुनचाँदी, सुती, ढाकाका सामान, पश्मिना, छालाजन्य सामान, प्राकृतिक रेसा, बासँका सामानहरु प्रदर्शनमा राखिनेछन । 
 

प्रतिक्रिया दिनुहोस