aarthiknews.com आइतबार, २६ जेठ २०८२   Sunday, 08 June, 2025
 

एनसीएचएललाई “सर्टिफिकेट अफ मेरिट” सम्मान

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २० कार्तिक २०७६
एनसीएचएललाई “सर्टिफिकेट अफ मेरिट” सम्मान

काठमाडौं । नेपाल क्लियरिङ्ग हाउस (एनसीएचएल)लाई ,'SAFA Best Presented Annual Report Awards' अन्तर्गत सन् २०१८ का लागि सार्वजनिक क्षेत्रको विधातर्फ “सर्टिफिकेट अफ मेरिट”प्रदानगरिने भएको छ । 

दक्षिण एशियाली राष्ट्रहरुबाट सार्वजनिक गरिएको वार्षिक प्रतिवेदनका आधारमा South Asian Federation of Accountants (SAFA) समितिद्वारा पारदर्शितामा सुधार, उत्तरदायित्व तथा गभर्नेन्सलाई मूल्यांकन गरेर विभिन्न विधामा अवार्ड प्रदान गरिने छ । (SAFA)ले सो अवार्ड ढाका,बंगलादेशमा ३० नोभेम्बर, २०१९ मा आयोजना हुने समारोहमा हस्तान्तरण गर्नेछ ।

यस अघि एनसीएचएलद्वारा सार्वजनिक गरिएको वार्षिक प्रतिवेदनले Institutes of Chartered Accountants of Nepal (आईक्यान) द्वारा संचालित BPA अवार्डमा दोस्रो स्थान हासिल गरेको थियो । त्यसपश्चात सो वार्षिक प्रतिवेदनलाई आईक्यानले सार्क क्षेत्रभरि मुल्याकंनका लागि SAFA मा पठाएको थियो ।

एनसीएचएलले भुक्तानीतथा फर्छौटको क्षेत्रमा गरेको काम र वित्तिय डिस्क्लोजर तथा पारदर्शिताप्रति प्रतिवद्धताको सम्मान स्वरुप उक्त अवार्डलाई लिएको छ ।

एनसीएचएल नेपालमा राष्ट्रिय भुक्तानी प्रणालीहरु स्थापना गर्न नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्थाहरू लगायत स्मार्ट च्वाइस टेक्नोलोजीज लिमिटेडद्वारा प्रवद्र्धित कम्पनी हो । 

प्रतिक्रिया दिनुहोस