aarthiknews.com आइतबार, २४ जेठ २०८३   Sunday, 07 June, 2026
 

यस्तो हुँदैछ धितोपत्र बोर्डमा नयाँ अध्यक्ष नियुक्ति प्रकृया

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २१ कार्तिक २०७६
यस्तो हुँदैछ धितोपत्र बोर्डमा नयाँ अध्यक्ष नियुक्ति प्रकृया

काठमाडौं । सरकारले धितोपत्र बोर्डको नयाँ अध्यक्ष नियुक्तिका लागि सिफारिस गर्न समिति गठन गरेको छ । राष्ट्रिय योजना आयोगका सदस्य रामकुमार फुयालको संयोजकत्वमा गठन गरिएको समितिमा अर्थ मन्त्रालयका राजस्व सचिव शिशिरकुमार ढुंगाना र नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाका अध्यक्ष कृष्णप्रसाद आचार्य रहेका छन्। 

बोर्ड अध्यक्षका लागि योजना आयोगको पुँजी बजार तथा वित्तीय क्षेत्र हेर्ने सदस्यको संयोजकत्वमा अर्थमन्त्रालयका सचिव र धितोपत्र बजार विज्ञ सहितको समिति गठन हुने कानुनी प्रवधान अनुसार समिति गठन गरिएको हो । 

बोर्ड अध्यक्ष हुनका लागि कम्तीमा स्नातकोत्तर तहको उपाधि हासिल गरी धितोपत्र बजार व्यवस्थापन, पुँजीबजार विकास, आर्थिक, वित्तीय, वाणिज्य, व्यवस्थापन वा कानुन क्षेत्रमा कम्तीमा ७ वर्ष काम गरेको हुनुपर्ने व्यवस्था धितोपत्र ऐनमा रहेको छ। यो समाचार आजको कारोबार दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस