काठमाडौं । वित्तीय संकटमा रहेको राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले आगामी ४ महीनाभित्र तीन अन्तरराष्ट्रिय गन्तव्यमा उडान शुरू गर्ने भएको छ ।
दुई वाइड बडी जहाज पूर्णरूपमा सञ्चालन गर्न नसक्दा आलोचित निगमले फागुनसम्ममा जापानको नारिता, साउदी अरेबियाको रियाद र चीनको क्वाङचाउ उडान गर्ने बताएको छ।
बुधवार आयोजित पत्रकार सम्मेलनमा निगमका कार्यकारी अध्यक्ष मदन खरेलले सम्बद्ध मुलुकले उडान अनुमति दिनासाथ निगम उड्न तयारी अवस्थामा रहेको दाबी गरे। तर निगमले दाबी गरेजस्तै यी शहरमा उडान शुरू भइहाल्ने निश्चितता भने छैन । यो समाचार आजको आर्थिक अभियान दैनिकमा प्रकाशित छ ।
प्रतिक्रिया दिनुहोस