aarthiknews.com आइतबार, २६ जेठ २०८२   Sunday, 08 June, 2025
 

सञ्चार सचिवको जागिर सकियो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २१ कार्तिक २०७६
सञ्चार सचिवको जागिर सकियो

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव महेन्द्रमान गुरुङले बुधबारदेखि अनिवार्य अवकाश भएका छन । विसं २०४४ मा निजामती सेवामा राजपत्राङ्कित तृतीय श्रेणीमा प्रवेश गरेका सचिवले ३२ वर्ष चार महिना चार दिन सेवामा रहेका थिए  । 

विसं २०१८ कात्तिक २१ गते स्याङ्जामा जन्मिनुभएका सचिव गुरुङले सेवा अवधिभरि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय, अर्थ मन्त्रालय, सामान्य प्रशासन मन्त्रालय र परराष्ट्रलगायतका मन्त्रालयमा काम गरे  । 
    
मन्त्रालयद्वारा यहाँ आज आयोजित बिदाइ कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सञ्चार मन्त्रालयमा १७ महिना आफूसँगै रहँदा सक्रियतापूर्वक जिम्मेवारी पूरा गर्नुभएको भन्दै बाँकी सक्रिय जीवनको शुभकामना व्यक्त गरे । 

मन्त्री बाँस्कोटाले भने, “उनले पदमा रहुञ्जेल राष्ट्रले लिएको सङ्कल्पमा दृढताका साथ सक्रिय रहेका थिए । निजामती सेवाबाट अवकाश भएका हुन,  क्रियाकलापबाट होइन । उहाँको क्षमताको राज्यले कहीँ न कहीँ सम्बोधन गर्नेछ ।” सचिव गुरुङले पछिल्लो समयमा स्थिर सरकार भएका कारण सञ्चार मन्त्रालयमा बसेर काम गर्नका लागि सजिलो भएको अनुभव सुनाए । 

प्रतिक्रिया दिनुहोस