
एजेन्सी । लामो समयदेखि घाटामा चलिरहेको भारतीय दूरसञ्चार कम्पनी बीएसएनएलले भारीमत्रामा कर्मचारी कटौतिको योजना सार्वजनिक गरेको छ । बीएसएनएलले आफ्ना कर्मचारीलाई स्वैच्छिक सेवानिवृत्तिको योजना ल्याएर ७० हजारदेखि ८० हजार कर्मचारी कटौतिको योजना ल्याएको हो । यसबाट बीएसएनएललाई यो योजनाबाट करिब ७००० करोड भारु बचत हुने अनुमान गरेको छ ।
यो योजनामा भागलिन चाहने कर्मचारीले ३१जनवरी २०२० सम्म हुने बताइएको छ । बीएसएनएलमा हाल एक लाख ५० हजार कर्मचारी कार्यरत रहेका छन् । यो योजनामा भाग लिनका लागि बीएसएनएलमा ५३.५ वर्षभन्दा बढी उमेरलाई १२५ प्रतिशत थप सुविधा पाउने छन् ।
त्यस्तै ५०देखि ५३.५ वर्ष कार्यरत कर्मचारीले उनीहरुको तलबको ८० देखि १०० प्रतिशतसम्म रकम पाउने छन् । ५५ वर्ष पुरा भएका कर्मचारीहरुको हकमा भने ६० वर्ष पुरा नभ उनीहरुले पेनसन योजनामा सामेल हुन पाउने व्यबस्था रहेको छ ।
प्रतिक्रिया दिनुहोस