aarthiknews.com आइतबार, २६ जेठ २०८२   Sunday, 08 June, 2025
 

युएसएडको सहयोग जारी रहने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २१ कार्तिक २०७६
युएसएडको सहयोग जारी रहने

काठमाडौ । अर्थमन्त्री डा. युवराज खतिवडासँग युएसएआईडीका एसिया ब्युरोका सहायक प्रशासक ग्लोरिया डी स्टीलले भेट गरेकी छिन् ।  त्यसक्रममा अर्थमन्त्री खतिवडाले नेपालकोे विकास प्रयासका लागि युएसएआईडीको लामो समयदेखि साझेदार भई निरन्तरता पाउने अपेक्षा गरे । खतिवडाले सबै तहमा जवाफदेहीता, सार्वजनिक वित्तीय व्यवस्थापन (पीएफएम) मा पारदर्शीताका साथै विश्वसनीय बजेट प्रणालीमा केन्द्रित रहेको पनि जोड दिए। 

सुश्री स्तिलेले संघीयताको कार्यान्वयनका साथै नेपालको सामाजिक, आर्थिक रूपान्तरणमा निरन्तर समर्थन रहेको आश्वासन दिइन् ।  उनले विशेषगरी प्रान्तीय र स्थानीयस्तरमा अन्य विकास साझेदारसँग मिलेर सरकारको क्षमता अभिवृद्धि गर्न सहयोग गर्ने युएसएआईडीको तयारीलाई पनि उल्लेख गरेकी छिन् । सुश्री स्तिलेले वित्तीय संघीयता कार्यान्वयनमा नेपालको सफलताको सराहना गरे र अहिलेसम्म भएका सुधारहरुलाई एकिकृत गर्न अरु कदम चाल्ने अपेक्षा गरे।बैठकमा नेपालका लागि संयुक्त राज्य अमेरिकाका राजदूत रेन्डी बेरीले नेपालको विकास प्रयासमा साझेदारीको महत्वबारे प्रकाश पारेका थिए । 
 

प्रतिक्रिया दिनुहोस