aarthiknews.com आइतबार, २६ जेठ २०८२   Sunday, 08 June, 2025
 

नेविसंघको मसालजुलुसमा प्रहरीको हस्तक्षेप

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २१ कार्तिक २०७६
नेविसंघको मसालजुलुसमा प्रहरीको हस्तक्षेप

भैरहवा । भारतीय विस्तारबाद र नेपाल सरकारको मौनताको विरुद्धमा नेपाल विद्यार्थी संघ सिद्धार्थनगर समितिले विहीबार भैरहवामा निकालेको मसालजुलुसमा नेपाल प्रहरीले हस्तक्षेप गरेको छ । भारतले हालै निकालेको नक्सामा लिपुलेक र कालापानीलाई आफ्नो देशको नक्सामा समावेश गरे पछि अहिले देश व्यापिरुपमा चर्को आलोचना भइरहेको बेला भैरहवाको बुद्धचोकमा नेविसंघले निकालेको मसालजुलुसमा प्रहरीले हस्तक्षेप गरेको छ ।

 नेविसंघले मसाल जुलुस निकाल्दै भारतीय विस्तारवाद मुर्दावाद, केपि ओली सरकार मुर्दाबाद, लिपुलेक र कालापानी हाम्रो भन्दै नारा लगाउनुका साथै मसालजुलुस निकालेका थिए । मसालजुलुस गर्दा शान्त रुपमा रहेको नेपाल प्रहरी नेविसंघले नारा लगाउन थाले पछि हस्तक्षेप गर्न आएको नेविसंघका निवर्तमान केन्द्रिय सदस्य लेखनाथ भट्टराईले बताए । नेविसंघले कठौतिया गाउँबाट मसाल जुलुस निकाले भैरहवाको बुद्धचोकमा आएर कोणसभा गर्न लागेका बेला हस्तक्षेप भएको भट्टराईले बताए ।

प्रतिक्रिया दिनुहोस