काठमाडौं । सरकारले मुलुकका तीन प्रमुख नदीमा जल यातायात सञ्चालनको तयारी गरेको छ। पश्चिमको गण्डकी, मध्यक्षेत्रको नारायणी र पूर्वको सप्तकोशी नदीमा जलयातायातको सम्भाव्यता अध्ययन अध्ययन गरी पानीजहाज सञ्चालन गर्ने सरकारको तयारी छ ।
यी नदीमा सरकारले यात्रु तथा मालवाहक जहाज सञ्चालनका लागि सम्भाव्यता अध्ययन ्र गर्न लागेको हो । यीमध्ये कतिपय नदीमा सानो आकारका स्टीमरलगायतका यातायात सञ्चालनमा छन्। सम्भाव्यता अध्ययनका लागि ्र प्रविधिकसहितको टोली नदीमा खटाउन ्र लागिएको नेपाल पानीजहाज कार्यालयका सूचना अधिकारी वल्लभ विष्टले जानकारी दिए ।
टोलीले स्थलगत अनुगमन गर्दै जलमार्गको सम्भाव्यता र आगामी दिनको तयारी थाल्ने कार्यालयको भनाइ छ। उनले भने, “कार्यालयले प्रविधिकसहितको टोली खटाउने को र कार्यालयलाई प्राप्त प्रतिवेदनको आधारमा श्री जलमार्गको मर्मत तथा पोर्ट निर्माण गरिने छ।” पानीजहाज सञ्चालनका लागि कानुनी न पूर्वाधार तयार गर्न ‘एकीकृत पानीजहाज । ऐनको मस्यौदा अन्तिम चरणमा पुगेको छ ।
मल्लके कानूनी सेवा परामर्शले तयार गरेको न प्रतिवेदन चाँडै बुझाउने नेपाल पानीजहाज कार्यालयले जनाएको छ । “मन्त्रालयबाट न निर्देशन समिति गठन गरिएको छ, कार्यालयमा बुझाएको मस्यौदा समितिले प्रदेशमा लगेर ्र छलफल गर्नेछ,” उनले भने । यो समाचार आजको कारोबार दैनिकमा प्रकाशित छ ।
प्रतिक्रिया दिनुहोस