aarthiknews.com आइतबार, २४ जेठ २०८३   Sunday, 07 June, 2026
 

निजगढ विमानस्थल निमार्ण : १ लाख २९ हजार रुखमात्र काटिने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २२ कार्तिक २०७६
निजगढ विमानस्थल निमार्ण : १ लाख २९ हजार रुखमात्र काटिने

बारा । बारामा प्रस्तावित निजगढ अन्तर्राष्ट्रिय विमानस्थल न्यून वातावरणीय क्षतिमा निर्माण गर्ने तयारी अघि बढाइएको छ । विमानस्थल निमार्णमा सबैभन्दा पेचिलो र विवादित बनेको रुख कटानको विषयलाई सम्बोधन गर्नेगरी विमानस्थल निर्माण गर्न लागिएको हो । 

जसअनुसार अब विमानस्थल निर्माणमा सवा लाख रुखमात्र कटान गरिने भएको छ। विमानस्थलको दुईवटा धावनमार्गसहित अन्य पूर्वाधार निर्माण गर्दा विभिन्न प्रजातिका १ लाख २९ हजार रुखमात्र कटान हुने आयोजनाले जनाएको छ। विमानस्थल निर्माण आयोजनाले बाराको सिमरामा आयोजना गरेको पत्रकार सम्मेलनमा आयोजना प्रमुख ओम शर्माले २४ लाख रुख काटिने हल्ला निराधार भएको जनाउँदै सवा लाख रुख काटेरै निर्माण सम्भव भएको दावी गरे । 

शर्माले जाहिर प्रचार गरिएजस्तो विमानस्थल निर्माणमा वन क्षेत्र ८ हजार हेक्टर नभई १६५० हेक्टरमात्र रहेको र यसमा रहेकामध्ये अधिकतम १ लाख २९ हजार रुखमात्रै कटान हुने जानकारी दिए । यो समाचार आजको कारोबार दैनिकमा प्रकाहित छ ।

प्रतिक्रिया दिनुहोस