aarthiknews.com आइतबार, २६ जेठ २०८२   Sunday, 08 June, 2025
 

भारतीय दुताबास अगाडि भारतकाे नक्सा जलाइयाे

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २२ कार्तिक २०७६
भारतीय दुताबास अगाडि भारतकाे नक्सा जलाइयाे

काठमाडाैं । कास्मिरलाइ बिषेषाधिकारमुक्त्त राज्य बनाएसँगै भारतले निकालेकाे नयाँ नक्सामा नेपाली भूभाग मिचेकाे नक्सा निकाले पश्चात नेपाली भूमी अतिक्रमण भएकाे भन्दै चाैतर्रफी विवाद र अान्दाेलन शुरू भएकाे छ । 

भारतले जारी गरेको नयाँ राजनीतिक नक्सामा नेपाली भूभाग अतिक्रमण गरिएको विरोधमा देशभर आन्दोलन चर्किदै गएकाे हाे । यसैक्रममा शुक्रबार राजधानीस्थित भारतीय दूतावास अगाडि प्रदर्शन गर्दै विद्यार्थीहरुले भारतको नक्सा जलाएका छन् ।

संयुक्त विद्यार्थी आन्दोलनको ब्यानरमा गरिएको प्रदर्शनमा उनीहरुले अतिक्रमित सम्पूर्ण नेपाली भूमि फिर्ता गर्नुपर्ने मागसहित नारा लगाएका छन्।

नेपालको भौगोलिक अखण्डता र सार्वभौमसत्तामा हस्तक्षेप गरेको भन्दै केही दिनयता नेपालभर भारतको विरोध हुँदै आएको छ । नेपाल सरकार र राजनीतिक दलका नेताहरुले समेत लिपुलेक नेपालकै भूमि भन्दै भारतको विवादित नक्सा सच्याउन माग गर्दै आएका छन् । तर, भारतले भने कालापानी, लिम्पियाधुरा लगाएतका ठाउँ भारतकै हाे नेपालमाथी हस्तक्षप नगरेकाे दावी गर्दै आफ्नो नक्सा सही भएको दाबी गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस