
पर्सा । पर्सा बी.म.न.पा.वडा नं.१६ रजतजयन्ती चौक स्थित सडक खण्डमा सवारी साधन तथा पैदल यात्रुहरु समेतको चेकजाँच गर्ने क्रममा १८ लाख नगदसहित तीन जना पक्राउ परेका छन् ।
भारतको रक्सौल तर्फबाट बीरगंज तर्फ तीन वटा मोटरसाइकलमा आउँदै गर्दा पक्राउ परेको हो । निजहरू BR05S3792, BR05B 1444 र BR06AR 3789 नं.काे भारतीय माेटरसाइकल चलाई आउदै गरेका थिए ।
पक्राउ पर्नेमा भारत बिहार सुगौली बजार बस्ने बर्ष २२ को बिक्की कुमार, भारत रक्सौल नागा रोड बस्ने २६ वर्षीय सुधिर कुमार र सोही स्थान निवासी ३० वर्षीय सहिद आलमको साथबाट श्रोत नखुलेको अवैध नेपाली अठार लाख रुपैंयाँसहित पक्राउ परेका हुन ।
प्रहरीका अनुसार उनिहरुले अवैध हुण्डी कारोवार गर्ने गरेको खुल्न आएको छ ।
प्रतिक्रिया दिनुहोस