aarthiknews.com आइतबार, २६ जेठ २०८२   Sunday, 08 June, 2025
 

आइतबारदेखि सूर्या लाइफको शेयर लिलामीमा आउँदै

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २२ कार्तिक २०७६
आइतबारदेखि सूर्या लाइफको शेयर लिलामीमा आउँदै

काठमाडौं । सूर्या लाइफ इन्सुरेन्सले ३ लाख ९ हजार ३०२ कित्ता सेयर आइतबार (कात्तिक २४ गते)  देखि लिलामीमा ल्याउने भएको छ । उक्त शेयर मंसिर १ गतेसम्म आवेदन दिन सकिनेछ ।

यस इन्सुरेन्सले सर्वसाधारण समूहको २ लाख ८१ हजार ९१२.८ कित्ता र संस्थापक समूहको २७ हजार ३८९।२ कित्ता सेयर लिलामी गर्न लागेको हो । यसमा न्यूनतम १०० रुपैयाँलाई आधार मानेर शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ ।

लगानीकर्ताले संस्थापक सेयरमा न्यूनतम १०० कित्ता देखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिनेछ ।

यस्तै, सर्वसाधारणमा न्यूनतम १०० कित्ता देखि अधिकतम ५० हजार कित्ताका लागि आवेदन गर्न सक्नेछन् ।

बिक्री प्रबन्धक एनआइसी एसिया क्यापिटल बबरमहल, काठमाडौं र सूर्या लाईफका कार्यालयहरु वीरगञ्ज, नेपालगञ्ज, बुटवल, पोखरा, कैलाली, सुर्खेत, इटहरीबाट लिलामी भर्न सकिने जनाएकाे छ । 

प्रतिक्रिया दिनुहोस