aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

मोदी सरकारलाई अर्को धक्का, एजेन्सीहरुले घटाए भारतको रेटिङ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २२ कार्तिक २०७६
मोदी सरकारलाई अर्को धक्का, एजेन्सीहरुले घटाए भारतको रेटिङ

एजेन्सी ।  सुस्त आर्थिक गतिविधि रहेको भारतीय शासकलाई अर्को नाकारात्मक खबर आएको छ । विश्वको रेटिङ एजेन्सी मुडिजले इनवेस्टर्सले भारतको बारेमा आफ्नो आउटलुक अथवा स्टेबल नेगेटिभ भएको रिपोर्ट सार्वजनिक गरेको छ । 

मुडिजले आफ्नो रिपोर्टमा भनेको छ पहिलाको भन्दा अहिले भारतीय अर्थव्यबस्थामा  जोखिम बढिरहेको छ । मुडिजले भारतको कुल ग्राहस्थ उत्पादनको वृद्धि २०१९ २०को वृद्धि घटाएर ५.८ प्रतिशत गरेको थियो । जसको मुडिजले वृद्धि ६.२ हुने अनुमान गरेको थियो । 

यसभन्दा पहिला पनि धेरै रेटिङ एजेन्सीहरुले भारतको अर्थब्यबस्थाका धेरै तथ्यांकहरु अनुमानभन्दा तल राखिसकेका छने । अप्रिल जुनको त्रैमासमा भारतको जीडिपी ५ प्रतिशतमात्र रहेको थियो जुन सन् २०१३देखि यताको सबैभन्दा कम हो । 

भारतमा कमजोर प्रशासन र कम सरकारी  खर्चका कारण अर्थब्यबस्थाको वृद्धिदर कम हुँदै आएको छ । अक्टोर महिनामा रेटिङ एजेन्सी फिचले यस वर्षको भारतको आन्तरिक उत्पादन(जीडीपी)को वृद्धिदर घटाएर ५.५ प्रतिशत गरेको छ । फिचले अनुसार भारतीय बैंकहरुले दिने  कर्जामा कटौति गरेका कारणले भारतीय अर्थतन्त्रमा असर परेको बताएको छ । 

त्यस्तै, सेप्टेम्बर महिनामा रेटिङ एजेन्सी क्रिसिलले पनि धेरै तथ्यांकहरुको वृद्धिदरमा नयाँ अनुमान लगाइरहेको छ । सन् २०१९ २०मा भारतको जीडिपीको वृद्धि ६.३ प्रतिशत हुने क्रिसिल अनुमान गरेको छ ।  
भारतीय सरकारले अबको पाँच वर्षमा देशको अर्थतन्त्रको आकार ५ ट्रिलियन डलरको बनाउने योजना बनाएको छ । तर, भारतीय अर्थशास्त्रीहरुका अनुसार ५ ट्रिलियन डलरको वृद्धि गर्नलाई हरेक वर्ष ९ प्रतिशतको आर्थिक वृद्धि चाहिने बताउदै आएका छन् । 

प्रतिक्रिया दिनुहोस