aarthiknews.com आइतबार, २६ जेठ २०८२   Sunday, 08 June, 2025
 

सामाजिक सुरक्षा कोषमा योगदान गर्नेलाई १ करोडसम्म ऋण दिने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २२ कार्तिक २०७६
सामाजिक सुरक्षा कोषमा योगदान गर्नेलाई १ करोडसम्म ऋण दिने

काठमाडाैं । सामाजिक सुरक्षा कोषमा योगदान गरेकाहरुलाई एक करोडसम्मको ऋण दिने भएको छ। शुक्रबार सिंहदरबारमा गैरसरकारी संस्था महासंघ नेपाल, उपभोक्ता महासंघ, कर्मचारी सञ्चय कोषलगायतका पदाधिकारीहरुसँगको सामूहिक छलफलमा बोल्दै उनले सामाजिक सुरक्षा कोषमा योगदान गर्नेहरुको मागलाई ध्यानमा राखेर सरकारले उनीहरुलाई घरजग्गा वापत बढिमा १ करोड र शैक्षिक कर्जा बापत बढिमा ३५ लाख ऋण प्रवाह गर्ने कार्यविधि तय गरी मन्त्रालयमा छलफल भईरहेको पनि बताए।

मन्त्री विष्टले लोन प्रवाहको सो विधि सामाजिक सुरक्षा कोषको अवधारणासँग मेल नखाएपनि विभिन्न निकायले दिएको सुझावको आधारमा सरकारले सो कोषमार्फत ऋण प्रवाह गर्ने सोचलाई अघि बढाएको पनि स्पष्ट पारे।

‘सामाजिक सुरक्षाको कस्तो सिद्धान्त, कस्तो दर्शनमा आधारित छ भन्नेकुरा भन्दा पनि ऋण चाहियो त्यसपछि मात्र सामाजिक सुरक्षा कोषमा आउछौ भनेर एकदमै दवाव आएको कारणले ऋण प्रवाह गर्ने कार्यविधी हामीले तयार गरेका छौ,’उनले भने।

कोषले घरजग्गा लोनको लागि बढीमा १ करोड सम्म, शैक्षिक लोनको लागि बढीमा ३५ लाख सम्म लगायत लोनको व्यवस्था मिलाउने उनले जानकारी दिए।

त्यस अवसरमा मन्त्री विष्टले सामाजिक सुरक्षा कार्यक्रम प्रभावकारी हुन नसकेको स्वीकार गर्दै त्यसको प्रचारात्मक अभियानलाई तीव्रता दिने पनि बताए। कार्यक्रममा बोल्दै गैरसरकारी संस्था महासंघ, नेपालका अध्यक्ष जितराम लामाले सामाजिक सुरक्षा कार्यक्रम अनौपचारिक क्षेत्रमा काम गर्नेहरुका लागि अति उपयोगी भएको उल्लेख गर्दै त्यसको प्रचार अभियानमा जोड दिन सरकारलाई सुझाव दिए।

प्रतिक्रिया दिनुहोस