न्यूयोर्क (एजेन्सी) । अमेरिकाको एक अदालतले एक संस्थाको रकम दुरुपयोग गरेको ठहर गर्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई २० लाख डलर तिर्न आदेश दिएको छ।
नयोर्कस्थित अदालतका अनुसार राष्ट्रपति ट्रम्पले परोपकारका लागि स्थापित संस्था ‘द डोनाल्ड जे ट्रम्प फाउन्डेसन’ को कोष दुरुपयोग गरेका हुन् । राष्ट्रपति ट्रम्पले आफ्नो फाइदाका लागि उक्त संस्थालाई प्रयोग गरेका तथा संस्थाको रकम खर्चेको न्युयोर्कस्थित अदालतकी न्यायाधीश सालियान स्कापलाले ठहर गरेकी हुन्।
न्यायाधीश स्कार्पलाले ट्रम्प र उनका छोराछोरीले सञ्चालन गरेजस्ता परोपकारी संस्थाले राजनीतिमा संलग्न हुन नपाउने आदेशसमेत दिएकी छन् । अदालतको आदेशअनुसार २० लाख डलर राष्ट्रपति ट्रम्पले आफ्नो व्यक्तिगत सम्पत्तिबाट तिनुपर्नेछ।
‘द डोनाल्ड ट्रम्प फाउन्डेसन’ सन् २०१६ को राष्ट्रपतीय निर्वाचन अभियानका क्रममा ट्रम्प आफैले स्थापना गरेका थिए। यो समाचार आजको कान्तिपुर दैनिकमा प्रकाशित छ ।
प्रतिक्रिया दिनुहोस