
चक्रवात “फानी” हाल बंगालको खाडीमा ओडिसा को तटीय क्षेत्र नजिकै अवस्थित छ | आज (शुक्रबार) बाट यो प्रणाली भारतको ओड़ीसा को तटीय क्षेत्रमा मध्यान्हतिर भित्रिने (Landfall) सम्भावना देखिन्छ | Landfall पश्चात यो प्रणाली फेरी उत्तर-पूर्व दिशातर्फ जाने क्रममा कमजोर बन्दै जाने छ |
उक्त चक्रवात नेपाल तर्फ आउने सम्भावना अहिले सम्म नदेखिएता पनि यसको प्रभावबाट नेपालको पूर्वी र मध्य क्षेत्रमा आज (शुक्रबार) र भोलि (शनिबार ) मौसम प्रभावित भइ पूर्वी र मध्यका स्थानहरुमा मेघ गर्जन/चट्टयांग तथा हावाहुरी सहित हल्का देखि मध्यम वर्षा हुन सक्ने तथा एक दुई स्थानमा भारी वर्षा हुनसक्ने सम्भावना रहको छ भने हिमाली भूभागमा पनि मध्यम देखि भारी हिमपातको सम्भावना रहेको देखिन्छ ।साथै देशको पश्चिमी क्षेत्रमा आज (शुक्रबार) पश्चिमी वायुको प्रभाव रहने हुँदा केहि स्थानहरुमा हल्का देखि मध्यम वर्षा को सम्भावना देखिन्छ र हिमाली भू भागमा पनि हिमपात को सम्भावना रहेको छ । आइतबार देखि देशभर मौसममा क्रमिक रुपमा सुधार आउने सम्भावना छ ।
बैशाख २० गते (शुक्रबार):
दिउँसोः देशको पुर्वी भु-भागमा पुर्ण बदलि र मध्य र पश्चिमी भु-भागमा आंसिक देखि सामान्य बदलि रही पुर्वका केहि स्थानहरुमा र मध्य र पश्चिमका थोरै स्थानमा मेघ गर्जन, हावाहुरी सहित हल्का देखि मध्यम वर्षाको संभावना रहेको छ |
राति: देशभरि सामान्य देखि पुर्ण बदली रही पुर्वका केहि स्थानहरुमा र मध्य र पश्चिमी भु-भागका थोरै स्थानमा मेघ गर्जन, हावाहुरी सहित हल्का देखि मध्यम वर्षाको संभावना रहेको छ | उच्च पहाडी र हिमालि भु-भागमा हल्का देखि मध्यम खालको हिमपात हुने संभावना छ।
बैशाख २१ गते (शनिबार):
दिउँसोः देशको पुर्वी भु-भागमा पुर्ण बदली, मध्य र पश्चिमी भु-भागमा आंसिक देखि सामान्य बदलि रही पुर्वी भु-भागका अधिकांस स्थानहरुमा , मध्य र पश्चिमका केहि स्थानहरुमा मेघ गर्जन, हावाहुरी सहित वर्षाको संभावना रहेको छ र पुर्वका एक दुइ स्थानमा भारि बर्षाको पनि संभावना छ। उच्च पहाडी र हिमालि भु-भागमा हल्का देखि मध्यम खालको हिमपात हुने संभावना छ
राति: देशको पुर्वी भु-भागमा पुर्ण बदली, मध्य र पश्चिमी पहाडी भु-भागमा आंसिक देखि सामान्य बदलि रहि बाँकी भु-भागमा आंसिक बदली रहनेछ। पुर्वी भु-भाग लगायात मध्य तथा पश्चिमी पहाडी भु-भागका केहि स्थानहरुमा मेघ गर्जन, हावाहुरी सहित वर्षाको संभावना रहेको छ र पुर्वका एक दुइ स्थानमा भारि बर्षाको पनि संभावना छ। उच्च पहाडी र हिमालि भु-भागमा हल्का देखि मध्यम खालको हिमपात हुने संभावना छ।
बैशाख २२ गते (आइतबार):
दिउँसोः देशको पहाडी भु-भागमा आंसिक देखि सामान्य बदलि रही बाँकि भु-भागमा आंसिक बदलि हुने देखिन्छ। पुर्वी पहाडी भु-भागका थोरै स्थानहरुमा , मध्य र पश्चिमका पहाडी भु-भागका एक दुइ स्थानमा मेघ गर्जन सहित वर्षाको संभावना रहेको छ ।
राति: देशको पहाडी भु-भागमा आंसिक बदलि रही बाँकि भु-भागमा सामान्यतया सफा हुने देखिन्छ।पहाडी भु-भागका थोरै स्थानमा मेघ गर्जन सहित वर्षाको संभावना रहेको छ ।
स्रोत : जल तथा मौसम विज्ञान विभाग
प्रतिक्रिया दिनुहोस