aarthiknews.com आइतबार, २६ जेठ २०८२   Sunday, 08 June, 2025
 

जुवातास खेलिरहेको अवस्थाबाट ३८ जना पक्राउ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, २३ कार्तिक २०७६
जुवातास खेलिरहेको अवस्थाबाट ३८ जना पक्राउ

काठमाडौं । काठमाडौं, नागार्जुन नगरपालिका-४ बाफल डेरा गरी बस्ने सिन्धुपाल्चोक साँगा चोक घर भएका ७० वर्षीय बच्चु पुरीको कोठामा जुवातास खेलिरहेको अवस्थामा काठमाडौं नैकाप बस्ने मकवानपुर थाहा नगरपालिका-१० घर भएका ३९ वर्षीय शक्ति मगर लगायत १० जनालाई नगद ५७ हजार ४ सय ६० रुपैयाँ र १ बुक तास सहित शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

त्यस्तै, लमजुङ, राईनास नगरपालिका-७ गरमबेशी बस्ने गणेश गुरुङको धन्सारमा जुवा खेलिरहेको अवस्थामा सोही नगरपालिका-७ बस्ने २५ वर्षीय दिपेन्द्र पराजुली लगायत २८ जनालाई कौडा र नगद १ लाख ७१ हजार ६ सय १२ रुपैयाँ सहित शुक्रबार प्रहरीले पक्राउ गरेको छ । 

प्रतिक्रिया दिनुहोस