aarthiknews.com आइतबार, २६ जेठ २०८२   Sunday, 08 June, 2025
 

बङ्गलादेशका राष्ट्रपति मङ्गलबार आउँदै

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, २३ कार्तिक २०७६
बङ्गलादेशका राष्ट्रपति मङ्गलबार आउँदै

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा बङ्गलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदले यही कात्तिक २६ देखि २९ गतेसम्म नेपालको चार दिवसीय सद्भावना भ्रमण गर्ने कार्यक्रम तय भएको छ । 

राष्ट्रपति हमिदलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा औपचारिक स्वागत गरिने परराष्ट्र मन्त्रालयले जनाएको छ । भ्रमणका क्रममा उनले राष्ट्रपति भण्डारीसँग भेटवार्ता गर्ने कार्यक्रम छ । 

 बङ्गलादेशका राष्ट्रपतिसँग उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले बेग्लाबेग्लै शिष्टाचार भेट गर्नुहुनेछ । उहाँसँग नेपालका राजनीतिक दलका वरिष्ठ नेताहरूले पनि शिष्टाचार भेट कार्यक्रम रहेको राष्ट्रपति कार्यालयले जनाएको छ ।  । 

प्रतिक्रिया दिनुहोस