aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

भारतीय सिखलाई पाकिस्तान जान निःशुल्क

  • एएफपी
    एएफपी
  • शनिबार, २३ कार्तिक २०७६
भारतीय सिखलाई पाकिस्तान जान निःशुल्क

भारत । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले पाकिस्तानका प्रधानमन्त्री इमरान खानलाई धन्यवाद ज्ञापन गर्नुभएको छ । भारतीय सिखलाई पाकिस्तान जान निःशुल्क प्रवेशाज्ञा दिनकालागि सहयोग गरेकोमा मोदीले इमरानलाई धन्यवाद दिनुभएको हो ।

पाकिस्तान र भारतको सीमा क्षेत्रमा पर्ने धार्मिक क्षेत्रहरुको भ्रमणका लागि पाकिस्तानले त्यस्तो व्यवस्था गरिदिएको जनाइएको छ । सञ्चार माध्यमलाई प्रतिक्रिया दिने क्रममा प्रधानमन्त्री मोदीले भन्नुभयो, “पाकिस्तानका प्रधानमन्त्री इमरान खानले भारतको संवेदनशीलतालाई बुझिदिनु भएको छ र सहयोग गर्नुभएको छ, त्यसैले म उहालाई धन्यवाद दिन चाहन्छु ।”

प्रतिक्रिया दिनुहोस