aarthiknews.com आइतबार, २४ जेठ २०८३   Sunday, 07 June, 2026
 

महासंघको साधारणसभा स्थगन, गोल्छालाई अध्यक्ष बन्ने बाटो खुल्यो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २४ कार्तिक २०७६
महासंघको साधारणसभा स्थगन, गोल्छालाई अध्यक्ष बन्ने बाटो खुल्यो

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको कात्तिक २९ गतेलाई तोकिएको विशेष साधारणसभाको स्थगनसँगै महासंघको विधान संशोधन र त्यससँग जोडिएको भावी नेतृत्वबारे करीब एक वर्षदेखिको शक्ति संघर्षले विश्राम पाएको छ । 

योसँगै वरिष्ठ उपाध्यक्ष शेखर गोल्छालाई महासंघको भावी अध्यक्ष बन्ने बाटो पनि खुलेको छ। महासंघको विधान संशोधन समितिको शुक्रवारको बैठकले विशेष साधारणसभा स्थगित गर्ने निर्णय गरेको थियो । 

यसअघि महासंघका पूर्वअध्यक्ष चण्डीराज ढकालको संयोजकत्वमा गठित विधान संशोधन समितिले ३५ बुंदे संशोधन प्रस्ताव कात्तिक २९ को विशेष साधारणसभामा पेश गर्ने तयारी गरेको थियो । 

शुक्रवारको बैठकले प्रक्रिया पूरा नगरी विधान संशोधन अघि बढाइएको भन्दै आएको महासंघभित्रकै फरक मतलाई सम्मान गर्दै विशेष साधारणसभा स्थगित गर्ने निर्णय गरेको बताइएको छ। यो समाचार आजको आर्थिक अभियान दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस