काठमाडौं । नेपाल भ्रमण वर्ष २०२० नजिकिएसंगै टुरिष्ट बस सञ्चालक तथा ट्राभल कम्पनीहरू सवारी साधन थप्न सक्रिय हुनथालेका छन् ।
भ्रमण वर्षलाई लक्षित गर्दै टूर्स एण्ड ट्राभल कम्पनी तथा होटलहरूले पर्यटकीय सवारी साधनमा लगानी थप्दैछन् । ट्राभल कम्पनी र होटेलसमेत गरी १५० ओटा कम्पनीले साना(ठूला गरी ८०० ओटा नयाँ सवारी साधन भित्रयाउने तयारी गरेका छन् ।
साना सवारी साधन खरीद गर्दा रू. ४० लाख र ठूला बसहरू खरीदमा रू. १ करोडभन्दा बढी लगानी हुने बताउँदै नेपाल पर्यटक यातायात व्यवसायी संघका अध्यक्ष रामहरि शर्माले यी सवारी साधन किन्न बढीमा ८ अर्ब रुपैयाँ लगानी हुने जानकारी दिए ।
उनका अनुसार संघमा आबद्ध कम्पनीहरूले ५ देखि ७ ओटासम्म सवारी साधन भित्र्याउने तयारी गरेका छन् । संघका अनुसार हाल ( मुलुकभर विभिन्न ट्राभल कम्पनी, पर्यटन व्यवसायी, होटलका गरी ५ हजार २०० भन्दा बढी पर्यटक सवारी साधन सञ्चालनमा छन्। यो समाचार आजको आर्थिक अभियान दैनिकमा प्रकाशित छ ।
प्रतिक्रिया दिनुहोस