काठमाडौं । चालू आवको पहिलो त्रैमासमा गणपति माइक्रोफाइनान्स वित्तीय संस्थाले रू। ५४ लाख ६४ हजार नाफा गरेको छ। कम्पनीले गत आवको सोही अवधिमा रू. ४९ लाख ३९ हजार कमाएको थियो ।
कम्पनीले यस आवमा रू. १६ लाख ७९ हजार खराब कर्जा संकलन गरेको छ। कम्पनीले गत आवको तुलनामा खुद व्याज आम्दानी ६८ प्रतिशत बढेर रू. १करोड ९६ लाख पुगेको छ भने सञ्चालन नाफा ११५ प्रतिशत बढेर रू. ६७ लाख ८९ हजार पुगेको छ ।
हाल कम्पनीको चुक्तापूँजी रू.१० करोड ३५ लाख छ। गत आवको पूँजी रू. ७ करोड थियो । कम्पनीले आईपीओ निष्कासन गरेपछि पूँजी वृद्धि भएको हो । कम्पनीले गत आवको चुक्तापूँजीको आधारमा ७ प्रतिशत बोनस शेयर करको लागि शून्य दशमलव ३६ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ ।
कम्पनीको जगेडा कोषमा रू. २ करोड २१ लाख छ। कम्पनीको निष्क्रिय कर्जा शून्य दशमलव ८२ प्रतिशत रहेको छ । कम्पनीको प्रतिशेयर आम्दानी रू. २१ दशमलव १२ रहेको छ भने प्रतिशेयर नेटवर्थ रू. १२१ दशमलव ४१ रहेको समाचार आजको आर्थिक अभियान दैनिकले प्रकाशन गरेको छ ।
प्रतिक्रिया दिनुहोस