aarthiknews.com आइतबार, २४ जेठ २०८३   Sunday, 07 June, 2026
 

विषादी परीक्षण गर्न नाकामै प्रयोगशाला

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २४ कार्तिक २०७६
विषादी परीक्षण गर्न नाकामै प्रयोगशाला

काठमाडौं । नेपालमा आयात हुने मुख्य भन्सार नाकामा विषादी परीक्षण गर्नका लागि प्रयोगशाला स्थापना गरिने तयारी भएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले आयात हुने तरकारी तथा फलफूलको विषादी परीक्षण गर्नका लागि भन्सार नाकामै प्रयोगशाला स्थापना गर्न लागेको हो । 

विभिन्न १२ स्थानमा प्रयोगशाला राख्ने तयारी गरेको विभागले जानकारी दिएको छ । मुलुकमा आयात हुने मुख्य नाकाहरु वीरगञ्ज, काकरभिट्टा, भैरहवा, विराटनगर, तातोपानी, केरुङलगातका मुख्य नाकामा विषादी परीक्षण गर्ने प्रयोगशाला राख्न लागिएको समाचार आजको कारोबार दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस