aarthiknews.com आइतबार, २४ जेठ २०८३   Sunday, 07 June, 2026
 

७५ प्रतिशतले घटे लोकसेवामा आवेदन दिने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २४ कार्तिक २०७६
७५ प्रतिशतले घटे लोकसेवामा आवेदन दिने

काठमाडौं । लोकसेवा आयोगलाई गत आर्थिक वर्ष विज्ञापन होलिडे का रुपमा रह्यो । आयोगका विज्ञापनमा दरखास्त दिने उम्मेदवार ७५ प्रतिशतले घटेका छन् ।

समायोजनका कारण सरकारले न्यून संख्यामा मात्र कर्मचारी माग गरेकाले विज्ञापनमा असर देखिएको हो ।

गत आवमा संघतर्फ १ लाख ४३ हजार ८ सय ४० जनाले आवेदन दिएका थिए । खरिदारमा सबैभन्दा बढी ६४ हजार ७ सय ३३ दरखास्त परेको आयोगको प्रतिवेदनमा उल्लेख छ ।

कुल दरखास्तको २९ प्रतिशत प्रदेशले दुईले ओगटेको छ । त्यसमा पनि सबैभन्दा बढी सर्लाही, सप्तरी, धनुषा, बारा, महोत्तरी र सिरहाका छन् । यो समाचार आजको अन्नपूर्ण पोस्ट्मा प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस