aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

लिबियामा भिषण संघर्ष, ३९२ जनाको मृत्यु

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २० बैशाख २०७६
लिबियामा भिषण संघर्ष, ३९२ जनाको मृत्यु

त्रिपोली । संयुक्त राष्ट्रसंघको समर्थन रहेको लिबिया सरकार र पूर्वी क्षेत्रमा सक्रिय जनरल हफ्तारका विद्रोही सेनाबीच केही समयदेखि जारी भीषण सङ्घर्षका कारण लिबियामा कम्तीमा तीनसय ९२ जनाको मृत्यु भएको छ । 

साथै एक हजार ९३६ जना घाइते भएको विश्व स्वास्थ्य संगठन ९डब्लूएचओ० ले बिहीबार जानकारी दिएको छ ।

डब्लूएचओका अनुसार करिब ५० हजार सर्बसाधारण विस्थापित भएका छन् । लिबियामा सन् २०११ मा मुअम्मर गद्दाफीको शासन पतन भएसँगै विभिन्न समूहबीच जारी सशस्त्र सङ्घर्षका कारण सङ्क्रमणकालीन स्थिति जारी छ । 

प्रतिक्रिया दिनुहोस