aarthiknews.com आइतबार, २६ जेठ २०८२   Sunday, 08 June, 2025
 

कालापानीको विषयमा छलफल गर्न संसदीय समितिले प्रधानमन्त्री र परराष्ट्रमन्त्रीलाई बोलायो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २४ कार्तिक २०७६
कालापानीको विषयमा छलफल गर्न संसदीय समितिले प्रधानमन्त्री र परराष्ट्रमन्त्रीलाई बोलायो

काठमाडौं । भारतले जारी गरेको नयाँ नक्सामा नेपाली भूभाग परेको विषयमा छलफल गर्न संसदको राज्य व्यवस्था तथा सुशासन समितिले प्रधानमन्त्री केपी शर्मा ओलीलाई बोलाएको छ ।

सांसदहरुले अतिक्रमणको विषयमा छलफल आवश्यक भएको भन्दै समितिलाई दबाब दिएपछि प्रधानमन्त्रीलाई नै बैठकमा बोलाइएको हो ।

नेपालको भूभागलाई आफ्नो देशको नयाँ नक्सामा भारतले समावेश गरेको विषयमा प्रधानमन्त्री ओलीसहित सम्बद्ध सरोकारवाला पक्षसँग समेत छलफल गरिने बताइएको छ ।

यस्तै, अन्तर्राष्ट्रिय सम्बन्ध समितिले पनि सोही विषयमा छलफल गर्न परराष्ट्रमन्त्रीलाई बोलाएको छ । शनिवार सरकारले यही विषयमा राष्ट्रिय एकता र सुझावका लागि सर्वपइाीय बैठक बोलाएको थियो ।

बैठकमा उपस्थित सीमाविद्, नेताहरुले सरकारलाई दृढतापूर्वक कुटनीतिक रुपमा समस्या समाधान गर्न सुझाव दिएका थिए ।

प्रतिक्रिया दिनुहोस