aarthiknews.com आइतबार, २६ जेठ २०८२   Sunday, 08 June, 2025
 

एक हजारको नक्कली नोटसहित एक जना पक्राउ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २४ कार्तिक २०७६
एक हजारको नक्कली नोटसहित एक जना पक्राउ

बारा । जितपुर सिमरा उपमहानगरपालिका-१ पथलैयाबाट १ हजार दरको १ थान र ५ सयको दरको १ थान नक्कली नोट सहित चितवन रत्ननगर नगरपालिका-२ बस्ने ३५ वर्षीय गोकर्ण खतिवडालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पथलैयास्थित पेट्रोल पम्पमा ना.६ ख ३३५२ नम्बरको ट्रकमा तेल हालेर पैसा दिने क्रममा ट्रक चालक गोकर्णले उक्त नक्कली नोट दिए पश्चात उनलाई प्रहरीले पक्राउ गरेको   हो । 

यसैगरी बारा, पचरौता नगरपालिका-५ बेल्दारीबाट भारत मोतिहारी पचपोखरीया बस्ने सुनिल कुमार यादव र सोही ठाउँ बस्ने राजा बाबु कुमारलाई १ हजार दरको नक्कली नोट १ थान सहित शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । 

सोही ठाउँस्थित अमन एण्ड सुमन आयल स्टोरमा नम्बरप्लेट नभएको मोटरसाइकलमा तेल हाली उनीहरुले उक्त नोट दिएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी बेल्दारीबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त नोट र मोटरसाइकल सहित पक्राउ गरेको हो ।     

प्रतिक्रिया दिनुहोस