aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

कसैको ऋणको जमानी बस्दै त हुनुहुन्न ? अनिल अम्बानीलाई जस्तै आपत पर्ला नि !

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २४ कार्तिक २०७६
कसैको ऋणको जमानी बस्दै त हुनुहुन्न ? अनिल अम्बानीलाई जस्तै आपत पर्ला नि !

एजेन्सी । रिलायन्स ग्रुपका सञ्चाकल अनिल अम्बानीका विरुद्धमा चीनका तीन ठूला बैंकले ६८० मिलियन डलरको मुद्दा लण्डनको एक अदालतमा दर्ता गराएका छन् । चीनको इण्डस्ट्रियल एण्ड कमर्सिलय बैंक अफ चानइना, चाइना डेभलपमेन्ट बैंक र एक्सपोर्ट इम्पोर्ट बैंक अफ चाइनाले मुद्दा दर्ता गराएका हुन । 

तीन बैंकको अनुसार अनिल अम्बानीको ग्यारेन्टीमा रिलायन्स कम्यूनिकेशन(आरकाम)ले सन् २०१२मा ९२.५२ करोड डलरको ऋण लिएको थियो । अनिल अम्बानीले यो ऋणको व्यक्तिगत ग्यारेन्टी लिने आवस्वसनमा उक्त ऋण तीन बैंकले दिएको थियो तर उक्त ऋण सन् २०१७ दखि खराब कर्जामा परिणत भएकाले अनिल अम्बानी ग्यारेन्टी बसेका कारण उनी विरुद्ध पनि मद्दा दायर गरिएको बैंकले बताएका छन् । 

टेलिभिजन संस्था ब्लूम्बर्गको एक रिर्पोटका अनुसार अनिल अम्बानीले उक्त ऋणका बारेमा आफूले व्यक्तिगत ग्यारेन्टी लिन बचन दिएको तर उनीसँग सम्बन्धीत कम्पनीले कहिले पनि उक्त ऋणको बारेमा ग्यारेन्टी लिने नभनेका अम्बानीका कानुनी सलाहकार रोबर्ट हावले बताएको समाचार प्रकाशित गरेको छ । अम्बानी ग्रुपको पछिल्लो सेप्टेम्बार महिनामा मात्र १३.२ अर्ब डलरको ऋण रहेको बताइएको छ ।  

प्रतिक्रिया दिनुहोस