aarthiknews.com आइतबार, २६ जेठ २०८२   Sunday, 08 June, 2025
 

पूर्व अर्थ सहायकमन्त्री ज्योतीलाई थप ५ दिन थुनामा राख्न अनुमति

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २४ कार्तिक २०७६
पूर्व अर्थ सहायकमन्त्री ज्योतीलाई थप ५ दिन थुनामा राख्न अनुमति

काठमाडौं । हाउजिङ कम्पनीमा ठगि गरेको मुद्दा खेपेका ब्यापारी रुप ज्योती र उनकी छोरीललाई थप ५ दिन थुनामा राख्न अदालतले आदेश दिएको छ ।

आइतबार जिल्ला अदालतले ज्योती बाबुछोरीमाथि अनुसन्धान गर्न प्रहरीलाई ५ दिनको म्याद दिएको हो । अदालतले यसअघि उनलाइ तीन दिन थुनामा राख्न म्याद दिएको थियो ।

हाउजिङ कम्पनीमा ठगि गरेको मुद्दा खेपेका उनलाई सोही आरोपमा पक्राउ गरिएको थियाे । विदेशमा रहेका ज्योती नेपाल फर्केपछि विमानथलबाटै पक्राउ परेका थिए । उनलाई २०७५ मंसिरमा जिल्ला अदालत काठमाडौंले पक्राउ पूर्जी जारी गरेको थियो।

तर, सो पक्राउ पूर्जीविरुद्ध पूर्व अर्थ सहायकमन्त्रीसमेत रहेका ज्योती सर्वोच्च पुगेर अन्तिरम आदेश लिएका थिए। अन्तरिम आदेशपछि पक्राउ पर्नबाट जोगिएका ज्योती सर्वोच्च अदालतले पक्राउ गर्न सकिने फैसला गरेसँगै पक्राउ परेका हुन्।

प्रतिक्रिया दिनुहोस