
काठमाडौं । पर्यटन बोर्डले पर्यटकको सुविधाको लागि ‘हपअन हपअफ’ बस सञ्चालन गर्न अध्ययन गरिरहेकाे छ ।
पर्यटन बोर्डले काठमाडौमा धुवा धुलो युक्त वातावरणमा भएकोले उक्त बस सञ्चालन गर्नको लागि सम्भव छ कि छैन भनेर अध्ययन गरिरहेको बताएको छ ।
हपअन हपअफ बसमा टिकटको व्यवस्था गर्ने भएकोले घरी घरी बसमा चढेपछि यात्रुले भाडा तिर्नु पर्दैन । आफ्नो टिकटको पैसा नसकेसम्म उक्त बसमा यात्रा गर्न सकिने पर्यटन बोर्डका प्रवक्ता मनि राज लामिछानेले बताए ।
एक चोटीमा यस बसले ५० देखि ६० जना यात्रु बोक्ने सक्ने अनुमान पर्यटन बोर्डले गरेको छ । हपअन हपअफ बस विशेषगरी पर्यटकलाई केन्दीत गरेर सञ्चालन गर्ने लागिएको हो ।
उक्त बस पर्यटक केन्द्रित भएकोले बसमा खोल्न नमिल्ने कालो सिसा भएको बस सञ्चालन गर्ने पर्यटन बोर्डले जनाएको छ । यो बस टिकट काटेर चढ्नु पर्ने भएकोले लोकल यात्रुहरूको लागि महंगो हुने लामिछानेले बताए ।
प्रतिक्रिया दिनुहोस