aarthiknews.com आइतबार, २६ जेठ २०८२   Sunday, 08 June, 2025
 

क्लिन फिड लागू, अनुमतिबिना इमेल र एसएमएस पठाउन नपाइने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २४ कार्तिक २०७६
क्लिन फिड लागू, अनुमतिबिना इमेल र एसएमएस पठाउन नपाइने

काठमाडौ । विदेशी च्यानलले अबदेखि नेपालमा प्रसारण गर्दा विज्ञापन बजाउन नपाउने भएका छन् ।  संसदबाट पास भएको विज्ञापन ऐन राजपत्रमा प्रकाशित भएसँगै कात्तिक ८ गते राजपत्रमा प्रकाशित विज्ञापन नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन २०७६ ले विज्ञापनरहित प्रकाशन वा प्रसारण गर्नुपर्ने (क्लिन फिड) प्रावधान राखेको छ ।

‘नेपालमा प्रसारण हुने विदेशी टेलिभिजन च्यालहरूले विज्ञापनरहित ९क्लिन फिड० प्रसारण गर्नुपर्नेछ,’ विधेयकको दफा ६ मा भनिएको छ, ‘ऐन प्रारम्भ हुँदाको बखतमा विदेशी च्यानलसँग डाउनलिंक गरी प्रसारण गर्न सम्झौता गरिसकेका संस्थाहरूले यस ऐन प्रारम्भ भएको एक वर्षभित्र विज्ञापनरहित प्रसारण गर्नुपर्नेछ ।’

ऐनले विदेशी विज्ञापनलाई नेपालका सञ्चार माध्यमले प्रसारण गर्दा डबिङ गरी प्रसारण गर्न नपाइने व्यवस्था पनि राखेको छ । विदेशी च्यानलले विज्ञापनरहित प्रसारण गर्नुपर्ने माग धेरै अघिदेखि उठे पनि भर्खरै मात्र यसले कानुनी रूप पाएको हो ।

अनुमतिबिना इमेल र एसएमएस पठाउन नपाइने

ऐनले मञ्जुरी नलिई इमेल वा एसएमएसबाट विज्ञापन गर्न नपाइने व्यवस्था पनि गरेको छ । ‘सम्बन्धित व्यक्तिको मन्जुरीबिना कसैको इमेल वा मोबाइलमा इमेल वा एसएमएसबाट विज्ञापनमूलक सन्देश वा इमेल पठाउन पाइने छैन,’ ऐनको दफा १० मा भनिएको छ ।

प्रतिक्रिया दिनुहोस