aarthiknews.com आइतबार, २६ जेठ २०८२   Sunday, 08 June, 2025
 

आठ किलो चरेससहित नागढुंगाबाट एक पक्राउ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २४ कार्तिक २०७६
आठ किलो चरेससहित नागढुंगाबाट एक पक्राउ

काठमाडाैं । चन्द्रागिरि नगरपालिका २ नागढुङ्गाबाट प्रहरीले आठ किलो चरेससहित एक जनालाई पक्राउ गरेको छ। धादिङ थाक्रे गाउँपालिका २ भुमेस्थान सिम्ले बस्ने ५५ वर्षीय सोनाम वाइबालाई ८ केजी ५.३५ ग्रामसहित आइतबार बिहान प्रहरीले पक्राउ गरेको हो।

महानगरीय प्रहरी प्रभाग नागढुङगाबाट खटिएको प्रहरीले धादिङबाट काठमाडौंतर्फ आउँदै गरेको बा३ख २८४० नम्बरको बस जाँच गर्ने क्रममा बसमा सवार सोनामलाई झोलामा ल्याएको चरेससहित पक्राउ गरेको हो।

पक्राउ परेका वाइबामाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस