काठमाडौं । वैदेशिक रोजगार विभागले भिसामा उल्लेख भएको पेसाभन्दा फरक काम गरिरहेका नेपाली कामदारलाई पुनः श्रम स्वीकृति नदिने भएको छ।
अब बिदामा आएर पुनः सोही कम्पनीमा फर्कन चाहने कामदारले भिसामा उल्लेखित पेसा र गरिरहेको काम समान भएको कागजात देखाउनुपर्नेछ ।
ड्राइभर, अपरेटरलगायत प्राविधक भिसामा गएका नेपाली विभागको यो निर्णयबाट बढी प्रभावित हुने छन्। रोजगारदाताले भिसामा उल्लेख पेसारपदअनुसार काम नदिँदा नेपाली कामदारले स्थानीय कानुनअनुसार पाउने सेवा(सुविधा गुमाइरहेको भन्दै विभागले कडाइ गरेको हो।
यसबारे खाडी तथा मलेसियास्थित नेपाली दूतावासलाई विभागले जानकारी दिइसकेको छ । खाडीमा कार्यरत नेपाली कामदारले भने विभागको निर्णय ‘अव्यावहारिक’ भएको प्रतिक्रिया दिएका छन्।
कतिपय कामदार सम्बन्धित कम्पनीमा अन्य पेसामा काम गर्ने तर भिसामा भने डाइभर, अपरेटर जस्ता खास सीप आवश्यक पर्ने प्राविधिक पेसा उल्लेख भएबाट निजको प्राविधिक दक्षता तथा सीप प्रमाणीकरण गर्ने कागजात अभावमा पुनः श्रमस्वीकृति दिन असम्भव देखिन्छ,’ विभागले कात्तिक १९ मा गरेको निर्णयमा भनिएको छ।
नेपाली कामदारको हितका लागि यस्तो व्यवस्था लागू गरिएको विभागका महानिर्देशक डा। भीष्मकुमार भुसालले बताए। ‘नेपालबाट एउटा काम, तलब र कम्पनी भनेर पठाउने तर गन्तव्य मुलुकमा पुगेपछि भनेको तलब नपाइएको, अर्कै काममा लगाएको वा अकै कम्पनीमा पठाएको भनेर विभागमा आउने उजुरीको संख्या निकै ठूलो छ,’ उनले भने । यो समाचार आजको कान्तिपुर दैनिकमा प्रकाशित छ ।
प्रतिक्रिया दिनुहोस